मुकेशको १०० घण्टा पूरा(भिडियो सहित)



०८ असोज २०७६, काठमाडौं

गिनिज बुकमा नाम लेखाउने उद्देश्यसहित गत ५ असोजबाट लगातार पढ्न सुरु गरेका मुकेशराज मुकेशको १०० घण्टा पूरा भएको छ।

पुतलीसडक न्यू प्लाजास्थित नेम स्टीच्यूडमा उनले लगातार पढेर १०० घण्टा पुर्याएका हुन्।

गिनिज इभेन्ट्स नेपालको आयोजनामा बझाङका मुकेशराज जोशीले विभिन्न दर्शन, इतिहास, संविधान तथा त्यहाँ उपलब्ध पुस्तकहरु पढ्दै छन्।

१ घण्टामा ५ मिनेट रेस्ट पाउने गिनिजको नियमाअनुसार मुकेशले रेस्ट गर्दै लगातार पढिरहेका छन्।

उनको टार्गेट १२५ घण्टा हो। उनले शुक्रबारको बेलुका ५ बजेसम्म पनि यसैगरी उही रेसियोमा पढ्ने इभेन्ट्स नेपालका अध्यक्ष तथा मोटिभेशनल स्पीकर सन्तोष लामाले जानकारी दिए।

मुकेशलाई किताब पढाइको दौडानमा केही गाह्रो भएपनि लगातार पढेको कार्यक्रमका संयोजक तथा मोटिभेशनल स्पीकर हरिचन्द्र लामाले जानकारी दिए।

सम्बन्धीत समाचारः

११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँदै मुकेशराज जोशी 

 

मुकेशको गौरवान्वित कामः ११५ घण्टा लगातार पढेर गिनिज बुकमा नाम(भिडियो सहित)

 

१२५ घण्टा लगातार पढेर विश्व रेकर्ड राख्ने मुकेशको आँट

 

लगातार १२५ घण्टा पढ्ने मुकेशराजको कार्यक्रम ५ असोजबाट

 

आजबाट १२५ घण्टा लगातार पढ्दै मुकेश

 

भिडियो हेर्नुस्ः

 

प्रतिक्रिया दिनुहोस्