
०९ असोज २०७६, काठमाडौं
जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उहाँको अनुहार, पेट, टाउको र खुट्टामा गम्भीर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।





