नयाँ लुगा लगाउँदै हुनुहुन्छ? यसो भन्छन् अनुसन्धानकर्ताहरु



०९ असोज २०७६, काठमाडौं

नेपालीहरुको महान चाड बडा दशैं नजिकिदै छ।

आउँदै गरेका दशैंकोे विभिन्न विशेषता मध्ये नयाँ लुगा पनि एक हो। सानो उमेरका केटाकेटी देखि बृद्धबृद्धा उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा लगाउने प्रयास गर्दछन्।

तर यसरी लगाइने कतिपय नयाँ लुगाहरु स्वास्थ्यको दृष्टिकोणले भने हानिकारक देखिने गरेको विभिन्न अध्ययनले बताउँछन्। हामीले लगाउने नयाँ लुगाले शरिरमा हानीकारक विषादी समेत प्रवेश गराउँछौँ भन्ने कुराको अनुसन्धानकर्ताहरुले खुलासा गरेका छन्।

हालै गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरिरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरिरमा विभिन्न किसिमका चर्मरोग निम्त्याउने गरेको पाइएको छ।

स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको अनुसन्धानले नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरिरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गरेको देखाएको । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरु कपडा धुँदा समेत नजाने उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरुले भनेका छन् कि जैविक कटनबाट बनेका कपडामा पनि विषादीयुक्त हुने ग्यारेन्टी हुँदैन । अनुसन्धानकर्ताहरुले स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट लिइएको ६० वटा कपडाको नमूना परीक्षण पछि यो निस्कर्ष निकालेका हुन् ।

उनीहरुले प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त रहेको बताएका छन्। उनीहरुले भनेका छन, यो केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुन्छ। यति मात्रै होइन वातावरणलाई समेत असर पार्न सक्छ।

प्रतिक्रिया दिनुहोस्