कृषि विकास बैंक चोरी प्रकरणः प्रहरीद्वारा चोरीमा संलग्न १२ जना सार्वजनिक



०८ असोज २०७६, काठमाडौं

कृषि विकास बैंकबाट रकम चोरी प्रकरणमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दै चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो। नुवाकोटका ४३ वर्षीय लवाङ तामाङ, रसुवाकी ४० वर्षीया लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षीय संजय घले लाई पक्राउ गरेको छ।

यस्तै, रसुवाकी २० वर्षीया निर्मला तामाङ, सर्लाहीका ४२ वर्षीय पुष्पराज खड्का, लमजुङका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँका ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ, भक्तपुरकी ३२ वर्षीया सुनिता श्रेष्ठ, कैलालीका २२ वर्षीय विजय साह र ४५ वर्षीय चन्द्र बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ।

यससँगै प्रहरीले एक भारतीय नागरिकलाई समेत पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार, भारतको कलकता घर भएका शुबन्कर पन्जालाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट ४० लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्