‘फिफा’ रोनाल्डोसँग रुष्ट



०८ असोज २०७६, काठमाडौं

विश्व फुटबलको सर्वोच्च निकाय फिफा क्रिस्टियानो रोनाल्डोसँग रुष्ट भएको खबर बाहिरिएका छन्।

सोमबार राति फिफा वर्ष उत्कृष्ट खेलाडीको घोषणा हुने कार्यक्रममा मेस्सीले उक्त अवार्ड हात पार्दा रोनाल्डो भने उपस्थित थिएनन्। उक्त अवार्ड मेस्सीले हात पार्ने पक्का भएपछि रोनाल्डो समारोहमा उपस्थित भएनन्।

तर उनले आफू सहभागी नहुने विषय फिफालाई जानकारी गराएनन्। समाचार एजेन्सी दि सनका अनुसार फिफा वर्षका उत्कृष्ट ११ को टोलीमा रोनाल्डो परे। उक्त पुरस्कार प्रदान गर्दासम्म पनि फिफाले रोनाल्डो आउने अपेक्षा गरेको थियो।

किनभने इटालीमा उक्त कार्यक्रमको अयोजना गरिएको थियो। रोनाल्डो इटालीमै छन्। उनी युभेन्ट्स क्लबबाट खेल्छन्। तर रोनाल्डो कार्यक्रममा उपस्थित भएनन्।

रोनाल्डोले आफू नआउने बारे कुनै जानकारी नदिएपछि फिफा रोनाल्डोसँग रुष्ट भएको हो। फिफा वर्षका उत्कृष्ट ११ खेलाडीको नाम लिने क्रममा रुष्ट फिफाका अधिकारीले रोनाल्डोको नाम नै लिएनन्।

१० खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो। उक्त अवार्ड कार्यक्रमपछि रोनाल्डोले किताब पढिरहेको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका थिए।

रोनाल्डोले पाँचपटक फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन्।

प्रतिक्रिया दिनुहोस्