धनुषामा फ्रिजमा करेण्ट लागेर तीन जनाको मृत्यु



०८ असोज २०७६, काठमाडौं

धनुषामा तीन जनाको फ्रिजमा करेण्ट लागेर मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमर्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा स्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा करेण्ट लागेर होटल संचालक ५५ वर्षका शिवकुमार महतो, उनकी श्रीमती र होटलकै एक महिला कर्मचारीको मंगलबार मृत्यु भएको हो ।

घटना रातिकै भएपनि विहान कोहि नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका हुन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले ईलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटना स्थलमा पुगेको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्