बनाउनुहोस्ः छालालाई सुन्दर र आकर्षक



०८ असोज २०७६, काठमाडौं

छालालाई सुन्दर र आकर्षक बनाउन कम्तीमा ७ देखी ८ घन्टा अनिवार्य सुत्न जरुरी छ।

यदि सुत्ने समय निश्चित छैन भने त्यसलाई निश्चित बनाउने प्रयास गर्नुहोस्।

सुत्नुअघि क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्न नर्बिसनुहोस्। हात–खुट्टालाई सफा गरी क्रिम लगाउनुहोस्।

व्यायामः

छालालाई स्वस्थ बनाउन कम्तीमा एक घन्टा व्यायाम गर्न नर्बिसनुहोस्।

जसबाट रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ। जुन रौँछिद्रबाट अनावश्यक टक्सिन बाहिर निस्किन्छ।

यसरी पसिना निस्किनाले छालाको डिप क्लिन्जिङ पनि हुन्छ।

स्वस्थकर खानाः

कीटनाशक एवं रासायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढा रहनुहोस्। सागसब्जीलाई आधा घन्टा पानीमा भिजाएर त्यसबाट कीटनाशक औषधिको प्रयोग कम गरी पकाउनुहोस्।

कम खाने र तीनपटक मुख्य आहार लिनुको साटो ६ पटक खाना खानु बढी लाभदायक हुन्छ। स्लिम हुन जे मन लाग्यो त्यही खानुबाट जोगिनुहोस्।

आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्ने चिकित्सकहरुको भनाई छ।

छालालाई अझ स्वस्थ बनाउन यी कुराहरु जान्नुहोस्ः

–कम्तीमा ८ घन्टाको सुत्नुहोस्।

–धुम्रपानबाट टाढै रहनुहोस्।

–हरेक दिन एक घन्टाको व्यायाम गर्नुहोस्।

–बढीभन्दा बढी अर्गानिक फुडको प्रयोग गर्नुहोस्।

–तनावमुक्त हुने र खुसी जीवनको प्रयास गर्नुहोस्।

–पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन गर्नूहोस्।

–सन्तुलित आहार खानुहोस्।

 

प्रतिक्रिया दिनुहोस्