तातोपानी नाका पुनः बन्द



०७ असोज २०७६, काठमाडौं

दशैंको मुखमा फेरि तातोपानी नाका बन्द भएको छ।

चीनको खासा क्षेत्रमा सडक बिग्रिएपछि तातोपानी नाकामा आयात निर्यात ठप्प भएको हो।

चीनको रमिते बजार नजिकै सडक भासिएपछि दशैंको लागि लोड भएका कन्टेनर खासा क्षेत्रमै रोकिएका हुन्। सडक ममर्त गर्न एक साता बढी लाग्ने चिनियाँ अधिकारीले बताएका छन्।

भुकम्पपछि बन्द रहेको तातोपानी नाका गएको जेष्ठदेखि संचालनमा आएको थियो। दशैंको मुखमा सडक बिग्रिएपछि व्यापारी तथा सर्वसाधारण मारमा परेका छन्।

लगातारको बर्षका कारण सडक धेरै ठाउँमा भासिएपछि चिनियाँ पक्षले ममर्त सुरु गरेको स्थानीय व्यापारीहरुले बताएका छन्।

चीनतर्फको अर्को नाका रसुवागढी नाका पनि बर्षाका कारण बन्द छ। रसुवा नाका बन्दभएपछि तातोपानी नाकामा एक दिनमै ८५ लाख रुपैयाँसम्म राजश्व संकलन भएको थियो।

प्रतिक्रिया दिनुहोस्