बूढानीलकण्ठमा उद्घोषण कला तालिमको सम्पन्न (फोटो फिचर)



०७ असोज २०७६,काठमाडौं

“बूढानीलकण्ठ नगरपालिकाको समर्थन, सिप र रोजगारमा प्रवर्द्धन” भन्ने मूल नाराको साथमा बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा संचालित उद्घोषण कला तालिम सम्पन्न भएको छ ।

उद्घोषण कला प्राविधिक शिक्षा, सिप विकास तथा तालिम व्यवस्थापन समिति बूढानीलकण्ठको व्यवस्थापनमा नगरपालिकाको १३ वटै वडामा प्रशिक्षक पुन्यराज पुडासैनीले गत २०७६ साल बैशाख १५ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ११ बाट सुरु गरेको उक्त तालिम भाद्र २७ गते वडा नं १३ मा समापन गरिएको थियो ।

१३ वटा वडाका करिब ५ सय जनाको सहभागिता रहेको तालिममा सहभागीहरुलाई विशेष कार्यक्रम गरि सहभागिताको प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री माननीय इश्वर पोखरेलबाट वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य माननीय दिपक निरौला, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब प्रसाद खरेल, उपप्रमुख रमादेवी राई, प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु नगरपालिकाका सल्लाहकार, नेकपा बूढानीलकण्ठ नगर अध्यक्ष रविन अधिकारी, सचिव प्रदिप डंगोल, प्रशिक्षक, प्रशिक्षार्थी, पत्रकार लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक सुमित्रा त्रिपाठी, स्वागत मन्तव्य उपप्रमुख रमदेवी राइले राखेकी थिइन् भने संचालन द्वय अक्कल तामाङ र नविन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्