चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको समझदारी पत्रमा हस्ताक्षर हुँदै



०७ असोज २०७६, काठमाडौं

एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागबीच वैचारिक समझदारीमा हस्ताक्षर हुने भएको छ ।

समझदारी पत्रमा नेकपामा विदेश मामिला विभाग प्रमुख माधव कुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ् थाओले हस्ताक्षर गर्ने बुझिएको छ । सो अवसरमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति रहने जनाईएको छ ।

पर्टी एकीकरण पूर्व एमाले र माओवादी केन्द्रबिच छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पार्टी स्रोतका अनुसार आज मध्याह्न ११ः४५ बजे होटल मेरियाटमा हस्ताक्षर हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्