प्रशान्ती एकेडेमीले हात पार्‍यो दोश्रो प्याब्सक प्रिन्सिपल फुटसल कपको उपाधि



०७ असोज २०७६, काठमाडौं

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘दोश्रो प्याब्सक प्रिन्सिपल फुटसल कप–२०७६’ को उपाधि प्रशान्ती एकेडेमीले हातपारेको छ ।

ग्रिन विच फुटसल ग्राउण्डमा सम्पन्न फुटसल कपमा २३ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि बोधि सदन सेकेण्डरी स्कूल दोश्रो र पुष्पलाल मेमोरियल स्कूल तेश्रो भएका छन् ।

विजयी भएका प्रथम, द्धितीय र तृतीय विद्यालयलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।

प्याब्सकका अध्यक्ष नारायण बाबु तिम्सिनाको सभापतीत्व एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष शम्भु भट्टराई, एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सक पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, शिक्षक लगायत खेलप्रेमीहरुको लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं एन्फाका अध्यक्ष शेर्पाले विजयी टिमलाई बधाई दिँदै प्याब्सकले गर्ने खेलकुद गतिविधिमा एन्फाको साथ, सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रमका विशेष अतिथि एवं बूनपा १२ का वडाध्यक्ष भट्टराईले विजयी टिमलाई बधाई दिँदै शिक्षा तथा खेलकुदको विकासमा वडा तथा नगरबाट गर्ने कुनै पनि किसिमका सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्