बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई



०६ असोज २०७६, काठमाडौं

लगानी बोर्डले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनीलाई दिने निर्णय गरेको छ।

बोर्डको सोमबार बसेको ४० औँ बैठकले बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्युनिकेशन पूर्वाधारलाई दिने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी संक्षिप्त सूचीकरणमा परेकामध्ये मापदण्ड र मुल्यांकनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्