१ सय ४० वर्ष पहिले हराएको जहाज भेटियो



०६ भदौ २०७६, काठमाडौं

अमेरिकाको मिसिगनस्थित उत्तरी समुन्द्रमा १४० वर्ष पहिले हराएको जहाज भेटिएको छ।

उक्त जहाज सन् १८७८ मा बेपत्ता भएको थियो। विगत १० वर्षदेखि उक्त जहाजको खोजी कार्य हुँदै आएको गोताखोर तथा समुन्द्र इतिहासकार बर्नी हेलस्ट्रोमले बताए।

उनले उक्त जहाज समुन्द्र सतहभन्दा २०० फिटमुनि भेटिएको बताए। उनले जहाजको केही भाग मात्रै भेटिएको बताएका छन्।

पेसेटिगो र सेन्ट एन्ड्र्यूज नाम गरेको जहाजमा बेपत्ता भएको समयमा २/२ जना क्रुका कर्मचारी थिए। इतिहासकार हेलस्ट्रोमका अनुसार जहाज खोज्नको लागि उनीहरुलाई थुप्रै गोताखोरको आवश्यता परेको थियो।

पेशेटिगो जहाज १६१ फिट लामो थियो भने सेन्ट एन्ड्र्यूज १४३ फिट लामो थियो । यी दुवै जहाज कोइला ढुवानी गर्न प्रयोग गरिँदै आएको थियो। कुनै ठूलो चट्टानमा ठोकिएको कारण जहाज डुबेको बताइएको थियो।

यो जहाज भेटिनुलाई अमेरिकाका समुन्द्र इतिहासकारहरुले ठूलो उपलब्धि भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्