स्कूल भवन भत्किँदा ७ विद्यार्थीको मृत्यु



०६ असोज २०७६, काठमाडौं

केन्याको राजधानी नैरोबीस्थित स्कूल भवन भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ।

भवन भत्किँदा अन्य सयौं घाइते भएका बताइएको छ। सोमबार स्थानीय समय अनुसार बिहान ४ बजे ‘प्रेसियस ट्यालेन्ट टप स्कूल’कोदुईतले भवन भत्किएको हो।

अरु दर्जनौँ पुरिएको हुनसक्ने केन्याको रेड क्रसले जनाएको छ।

यस्तै उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्