साझा युवा संगठनले पूर्णता पायो



०६ असोज २०७६, काठमाडौं

साझा पार्टीले आफ्नो आंगिक संगठन साझा युवा संगठनको केन्द्रीय समिति घोषणा गरेको छ।

आइतबार राजधानीस्थित राष्ट्रियसभा गृहमा घोषणा सभाको आयोजना गरी संगठनले २१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो।

साझाले पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको संगठनले पहिलो चरणको केन्द्रीय समिति घोषणा गरेको हो। साझा युवा संगठनमा प्रिया सिग्देल सह–संयोजक, सरोज गौतम महासचिव, मनोज पहाडी संगठन विभाग प्रमुख रहेका छन्।

यस्तै सदस्यहरुमा प्रशान्त विक्रम सापकोटा, प्रकृति पहाडी, जितेन्द्र खतिवडा, शिवराज वेलवासे, सरोज नेपाल, रोहित चन्द, सौंजन डिसी, जिनत राई, लक्ष्मी घिमिरे, पदम बहादुर मगर, प्रेक्षा शाक्य, सस्मित पोखरेल, रामकुमार यादव, टंक प्रशाद जैशी, सुवास खत्री, प्रकाश आचार्य, आर्जु लोहनी र बर्षा रिसाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्