मनसुन अझै एक साता



०६ असोज २०७६, काठमाडौं

यो वर्षको मनसुन बाहिरिन अझै एक साता लाग्ने बताइएको छ। औसत समय सेप्टेम्बर २३ भए पनि मनसुन अझै सक्रिय हुने क्रम बढिरहेकाले बाहिरिन अझै एक साता लाग्ने बताइएको हो।

‘मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन। हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ। त्यसैले अझै एक साता मनसुनको समय लम्बिने छ।’ मौसमविद् समीर श्रेष्ठले भने।

‘नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो। त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ,’ उनले भने।

गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो। मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन।

मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर, अहिले देशभर नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्