‘के हामी साँच्चै कम्युनिष्ट जस्ता छौं त?’



०६ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि नेकपामा वैचारिक स्खलन आएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा सहाना प्रधानको पाँचौ स्मृति दिवसको अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता अगाडिदेखि नै आफूहरुमा वैचारिक स्खलन आएको र कम्युनिष्ट आर्दशबाट विचलित हुँदै गएको बताए।

उनले खु्ला र प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गरेपछि र सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि आफूहरुमा थाहै नपाइ विचलन आएको बताए।

‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्यौं, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो’, अध्यक्ष प्रचण्डले भने, ‘नाम त अहिले पनि हाम्रो कम्युनिष्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिष्ट जस्ता छौँ त?’

प्रतिक्रिया दिनुहोस्