कर्णाली साझा मंचले पूर्णता पायोः १० जिल्ला संयोजक चुनिए



०५ भदौ २०७६, काठमाडौं

कर्णाली प्रदेशबाट काठमाडौं उपत्यकामा बसोवास गरिरहेका साझा अभियन्ताहरु सम्मिलित साझा मंचले पूर्णता पाएको छ।

कर्णाली प्रदेशका १० जिल्लाका साझा मन्च संयोजकहरु घोषणा गर्न आयोजित समारोहमा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले नव नियुक्त संयोजकहरुलाई माटोको टिका लगाएर पदस्थापन गरेका हुन।

कर्णाली प्रदेश अन्तरगतका १० वटै जिल्लाका जिल्ला काठमाडौं साझा मंचका संयोजक घोषणा भएको हो।

जुम्लाः राज बहादुर रोकाया

दैलेखः ज्ञानेन्द्र शाही

कालीकोटः प्रकाश विष्ट

हुम्लाः भिम बहादुर फडेरा

जाजरकोटः अर्जुन रोकाया

सुर्खेतः कल्पना पन्त

रूकुमः प्रदिप मल्ल

डोल्पाः पूर्ण हमाल

सल्यानः पुरन रेउले

मुगु: भुमिराज रोकाया

घोषणा समारोहमा कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल, ३ नं प्रदेश संयोजक समीक्षा बाँस्कोटा, १ नं प्रदेश संयोजक अनिल भेटवाल, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार,अब्दुश मिया, केशब दाहाल, नारायण कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यस अघिनै कर्णाली काठमाडौं साझा मंचको संयोजकमा पवन मल्ल चयन भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्