साफ यू–१८ च्याम्पियनसिपः भुटानको सामना गर्दे नेपाल



०५ असोज २०७६, काठमाडौं

साफ यू–१८ च्याम्पियनसिपको समूह ‘ए’मा रहेको नेपालले आज दोस्रो खेलमा भुटानको सामना गर्ने छ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दिउँसो ३ बजे हुने खेलमा जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ। बराबरीले पनि नेपालका लागि अन्तिम चारको सम्भावना हुनेछ।

यसअघि नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो। खेलमा नेपालले १–० गोलले पछि परेको स्थिति उल्टाएको थियो।

नेपालका लागि मनिष डाँगीले ७५ मिनेटमा बराबरी गोल फर्काउदै हार टारेका थिए। समूह ‘बी’मा भारत श्रीलंका र बंगलादेश छन्।

समूह ‘बी’को पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० ले हराएको थियो।

नेपालले यसअघिका दुई संस्करणको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्