रात्रि क्लबमा गोली चल्दा २ को मृत्यु



०५ असोज २०७६, काठमाडौं

अमेरिकी राज्य साउथ क्यारोलिनाको रात्रि क्लबमा गएराति गोली चल्दा २ जनाको मृत्यु भएको छ।

घटनामा अन्य ९ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन्।

स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वर्ल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वर्ल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्