यात्रुबहाक बस दुर्घटना: २६ को मृत्यु, १२ घाइते



०५ असोज २०७६, काठमाडौं

पाकिस्तानको बबुसार टप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।

आइतबार बिहान भएको सो दुर्घटनामा परी अन्य १२ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

मृत्यु भएका र घाइते भएकामध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले बताए। स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो।

एएनआइका अनुसार घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन्। घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्