
०५ असोज २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवम पूर्वसांसद योगेन्द्र घिसिङलाई युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरेको छ ।
सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्रहरीले सोमबार पूर्वसांसद घिसिङलाई पक्राउ गरेको हो ।
सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा पूर्वसांसद एवम नेकपाका नेता घिसिङले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिएकी छिन ।
यौन दुर्व्यवहारपछि ती युवतीले नेकपाका युवा नेता घिसिङको प्रतिकार गरेकी थिइन । प्रहरीमा युवतीले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार पक्राउ परेका पूर्वसांसद घिसिङलाई छुटाउन नेकपाका नेताहरूले ललितपुर प्रहरीलाई दवाव दिएका छन ।





