आजबाट १२५ घण्टा लगातार पढ्दै मुकेश



०५ असोज २०७६, काठमाडौं

आजबाट मुकेश राज जोशीले १२५ घण्टा लगातार पढ्न सुरु गरेका छन्।

पढ्ने कार्यक्रम गिनिज इभेन्ट्सको आयोजनामा हुने छ। कार्यक्रममा सहआयोजकको भूमिकामा गोल्डेन आइ डान्स सेन्टर रहेन निगिज इभेन्ट्स नेपालका अध्यक्ष तथा मोटिभेसनल स्पिकर सन्तोष लामाले जानकारी दिए ।

१२५ घण्टा लामो किताब पढ्ने दौडानमा जोशीले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताबहरू पढ्ने छन्।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो। उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए ।

मुकेशलाई गिनिज बुक स्वीकृतिसमेत दिइसकेको छ।

सम्बन्धीत समाचारः

११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँदै मुकेशराज जोशी 

लगातार १२५ घण्टा पढ्ने मुकेशराजको कार्यक्रम ५ असोजबाट

१२५ घण्टा लगातार पढेर विश्व रेकर्ड राख्ने मुकेशको आँट

मुकेशको गौरवान्वित कामः ११५ घण्टा लगातार पढेर गिनिज बुकमा नाम(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्