नेवारी संस्कृति संरक्षणमा डा. राजन भट्टराई र शाक्यको प्रतिबद्धता



०३ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका समन्वय कमिटीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले देश विकासको सँगसँगै साँस्कृतिक सम्पदाको जगेर्णा र प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

परम्परागत संस्कृतिको संरक्षण गर्न काठमाडौं क्षेत्र नं. ८ ‘क’ का प्रदेश सभा सदस्य राजेश शाक्यद्वारा संसदीय क्षेत्र विकास कार्यक्रमको बजेटबाट विनियोजित ५० लाख रुपैयाँ नेवारी समुदायमा लोकप्रिय ४ वटा बाजा संरक्षण समूहलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न चुनावी प्रतिबद्धता पुरा गरेको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्न महानगर लागि परेको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर बैद्यले प्रादेशीक र स्थानीय सरकारले संस्कृति संरक्षणमा ध्यान दिएको प्रति खुशी ब्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै किरण मानन्धरले नेकपाको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु विकास र संस्कृति संरक्षणमा लागेकोमा खुशी ब्यक्त गरे । संस्कृति अभियन्ता सुजन बिलास बज्राचार्यले संचालन गरेको कार्यक्रममा नेवारी बाजागाजाका गुरुहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्