
०३ असोज २०७६, काठमाडौं
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिन घोषणा गरेको विभिन्न मानपदवीहरुमध्ये रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई सुप्रवल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित हुने भएका छन् ।
रेडियो नेपालमा करिब ३ दशकदेखि कार्यरत केसी पत्रकारिता तथा आम संचार विषयका प्राध्यापक समेत हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन र विज्ञानमा स्नात्तकोत्तर गरेका केसीले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नात्तकोत्तर गरेका छन् ।





