संविधान जलाएको आरोपमा ३ जना पक्राउ



०४ भदौ २०७६, काठमाडौं

संविधान जलाएको आरोपमा तीन जना पक्राउ परेका छन्।

थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ।

प्रतिक्रिया दिनुहोस्