नेकपा सचिवालय बैठक सुरु



०४ असोज २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

बिहीबार बिहान तय भएको पार्टी सचिवालय बैठक स्थगित भएको थियो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको बताइएको थियो।

शुक्रबार संविधान दिवस भएकाले बैठक बस्न नसकेपछि बैठक शनिबारका लागि सरेको थियो।

बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी छ। नेकपामा केन्द्रीय निकायमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतमा जिम्मेवारी तोकिएको छैन।

यस्तै बैठकमा नेकपाको मधेश पार्टी कमिटीमा देखिएको विवादबारे पनि छलफल गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्