हाछ्यूँ सम्बन्धी केही रोचक तथ्यहरु



०४ भदौ २०७६, काठमाडौं

हाछ्यूँ गर्नु एक प्राकृतिक प्रकृया पनि हो।

जसले शरिरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने मदत गर्छ।

नाकभित्र हुने सिलिया(रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरिरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निस्कन्छ।

यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ।

हेरौँ हाछ्यूँ सम्बन्धी केही तथ्यहरुः

हाछ्यूँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।

हाछ्यूँ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ।

हाछ्यूँ गर्दा शरिरको सिस्टम रिस्टार्ट हुन्छ र शरिरमा पुर्नस्फुर्ति ल्याँउछ।

नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाछ्यूँ दुई २/३ सम्म लगातार आउन सक्छ।

हाछ्यूँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्दछ।

आइरहेको हाछ्यूँ रोक्नु एकदमै खराब मानिन्छ। त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ।

हाछ्यूँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ।

प्रतिक्रिया दिनुहोस्