संविधान दिवसको अवसरमा नेकपा र मदन भण्डारी फाउण्डेशनको  संयुक्त कार्यक्रम (फोटो फिचर)



०४ असोज २०७६, काठमाडौं

संविधान दिवसको अवसरमा नेकपा बूढानीलकण्ठ र मदन भण्डारी फाउण्डेशनले संयुक्त रुपमा दीप प्रज्ववलन कार्यक्रम सम्पन्न गरेका छन् ।

संयुक्त दीप प्रज्ववलन कार्यक्रम बूनपा १० स्थित कपन ह्याण्डबल चौरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बूनपा नगर प्रमुख उद्धव खरेल, प्रदेश सभा सदस्य दिपक निरौला, बूनपाका वडाध्यक्षहरु, नेकपा बूनपा अध्यक्ष रविन अधिकारी, सचिव प्रदिप डंगोल लगायत नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा दिपावली कार्यक्रम गरिएको थियो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी बूढानीलकण्ठ नगर कमिटीले बूढानीलकण्ठ मन्दिर परिसरमा दिपावली कार्यक्रम सम्पन्न गरेको छ । दुबै कार्यक्रमलाई नगर प्रमुख खरेलले सम्बोधन गर्दै असोज ३ संविधान दिवस मात्र नभएर राट्रिय दिवसको रुपमा मनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्