कपन साहित्य समाजको आयोजनामा विशेष कवि गोष्ठी हुँदै



०३ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपन साहित्य समाजले विजयादशमी एवम् दीपावलीको सुखद् अवसर पारेर शुभकामना आदान–प्रदान तथा बृहत् कवि गोष्ठी आयोजना गर्ने भएको छ ।

बूनपाकी उपमेयर रमादेवी राईको प्रमुख आतिथ्यता एवम् बरिष्ठ कवि डा. रामप्रसाद ज्ञवालीको विशेष आतिथ्यतामा आयोजना हुन गईरहेको उक्त गोष्ठीमा बिभिन्न कवि कवियत्रीहरुले कविताका माध्यमबाट देश, समाज र नागरिकहरुलाई केन्द्रमा राखी आफ्नो विचार व्यक्त गर्ने अनुमान गरिएको छ ।

साहित्यिक मनहरुलाई साहित्य समाजको ‘यात्री’ स्मृति सभा कक्षमा  असोज ४ गते शनिबार बिहान ठिक ७ः०० बजेबाटै आयोजना गरिने कवि गोष्ठीमा सहभागीताका निम्ति पनि अनुरोध गरेको छ ।

शुभकामना आदान–प्रदानका अतिरिक्त चियापानको समेत व्यवस्था गरिएको कपन साहित्य समाजका अध्यक्ष गणेश कुमार मिश्रले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्