होशियारः यसकारण हुन्छ पाठेघरको मुखको क्यान्सर



०३ असोज २०७६, काठमाडौं

महिलामा हुने छातीको क्यान्सरपश्चात विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्दछन्।

विश्वमा प्रतिवर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ। करिब २ लाख महिलाहरुको यो रोगबाट मृत्यु हुने गरेको अध्ययनले खुलाएको छ।

साधारणतया यो रोग ४० वर्ष पछि देखापर्ने भएतापनि नेपाल जस्तो अविकसित देशमा यो रोग ३० वर्ष अथवा सो भन्दा कम उमेरका महिलाहरुमा समेत पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।

पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुने गर्छ। अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा।

पाठेघरको मुखको क्यान्सर निकै खतरनाक भएकाले मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलिनका साथै शरिरका भित्री अंगहरुमा नराम्रोसँग प्रभाव पार्ने चिकित्सकहरुको भनाई छ।

त्यसैले जान्नुहोस्ः पाठेघरको मुखको क्यान्सर हुने कारणः

 

–धेरै जनासँग असुरक्षित यौन सम्पर्क,

–सानै उमेरमा बच्चा जन्माएमा,

–पटक–पटक गर्भपतन गराएमा,

–तल्लो पेटमा बारम्बार विकिरण (एक्स रे औषधी)को प्रयोग भएमा,

–सानै उमेरमा बिवाह भएमा अर्थात सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा,

–धेरै धुम्रपान गरेमा,

–पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा,

–कहिल्यै गर्भवती नभएका महिला ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा यो रोग देखिन्छ।

–स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरुमा पनि हुन्छ।

–पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा,

–मधुमेह तथा उच्च रक्तचाप भएमा,

प्रतिक्रिया दिनुहोस्