मौसमी रुघाखोकीको लक्षण र बच्ने उपायको बारेमा जान्नुहोस्



०३ असोज २०७६, काठमाडौं

मौसमी रुघाखोकी ज्वरोले भिन्न–भिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्।

जुन रोगको प्रकोप नेपालका विभिन्न भू–भागमा समय–समयमा देखिन्छ।

वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने चिकित्सकहरुको भनाई छ।

मौसमी रुघाखोकीको लक्षणः

–टाउको दुख्ने

–श्वास फेर्न गाह्रो हुने

–घाँटी दुख्ने

–ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)

–रुघाखोकी लाग्ने

–बच्चाहरुलाई झाडा–पखाला समेत हुन सक्छ।

जसबाट बच्ने उपायः

–खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुहोस्।

–पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्नुहोस्।

–आनावस्यक रुपमा मानिसहरुको भीड–भाड भएको ठाउँमा नजानुहोस्।

–साबुन पानीले मिची–मिची हात धुनुहोस्।

–आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजानुहोस्।

–अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्नुहोस्।

–नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्नुहोस्।

–सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्