यसकारण हुन्छ बालबालिकामा ब्लड क्यान्सर



०३ असोज २०७६, काठमाडौं

शरिरमा रहेको हड्डीभित्रको मासी (वोनम्यारो)ले रगतमा हुने रातो तथा सेतो रक्त कोष र प्लेटलेट बनाउने गर्छ।

शरिरमा सेतो रक्तकोष अनियन्त्रित रुपमा फैलदा हड्डीमा रहेको मासीलाई असर पार्न सक्ने चिकित्सकहरुको भनाई छ।

सेतो रक्तकोष बढी उत्पादन भएको खण्डमा त्यसले काम गर्न सक्दैन। अत्याधिक रुपमा शरिरमा सेतो रक्तकोष बढ्दै जाँदा त्यसले रातो रक्तकोष र प्लेटिलेट उत्पादन हुने स्थान समेत ओगट्छ।

जसको कारण राता रक्तकोष र प्लेटिलेट उत्पादन हुन सक्दैन।

चिकित्सकहरुव्का अनुसार, शरिरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि हुनु नै ब्लड क्यान्सर हो।

बालबालिकामा ब्लड क्यान्सर हुनुको कारण जान्नुहोस्ः

बालबालिकामा हुने ब्लड क्यान्सरको पुष्टि गर्न सकिने कारण नै नभएको अध्ययनको खुलासा रहेको छ।

गर्भवती महिलाको दैनिकी र जीवनशैलीका कारण पनि हो।

शिशूको भ्रूण विकास राम्रोसँग नभएका कारण पनि ब्लडक्यान्सर हुन सक्ने चिकित्सकहरुको भनाई छ।

बालबालिका हुने रक्तक्यान्सरको लक्षणः

–शरिरको विभिन्न भागबाट रगत बग्ने,

–शरिर सेतो हुँदै जाने,

–लगातार ज्वरो आउने,

–शरिरमा निला डामहरु देखिने,

–शरिरको वजन घट्दै जाने,

–हातखुट्टाका जोर्नीहरु दुख्ने,

–घाँटी,छाती,कलेजो र पेट सुन्निने,

–टाउँको दुख्ने,वान्ता हुने काम्ने, वहोस हुने,

–खाना नरुच्ने,

प्रतिक्रिया दिनुहोस्