कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक बर्ष २०७५/०७६ को वार्षिक समिक्षा सार्वजनिक



०२ असोज २०७६, काठमाडौं

जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको समिक्षा कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक बर्ष २०७५/७६ को बार्षिक समिक्षा सार्वजनिक गरिएको छ ।

समिक्षामा नगरपालिकाका इन्जिनियर सन्देश कुमार ढकालले भौतिक पूर्वाधार तर्फको मुख्य उपलब्धिमा ४.६७ किलोमिटर सडक कालो पत्रे गरिएको, खानेपानी योजना अन्तर्गत २ वटा अन्डर ग्राउण्ड ट्याङ्की र ५ किलोमिटर पाइपलाइन बिस्तार गरिएको,सामुदायिक भवन निर्माण सम्पन्न भएको, सार्वजनिक जग्गाको संरक्षण गरी पार्क निर्माण थालिएको, भूक्षय नियन्त्रणको लागि टेवा पर्खाल निर्माण गरिएको उल्लेख गरेका छन् ।

त्यसैगरी सामाजिक क्षेत्रको मुख्य उपलब्धिमा बिभिन्न किसिमका सीपमूलक तालिम उपलब्ध गराईएको, जेष्ठ नागरिकलाई धार्मिक क्षेत्रको अवलोकन गराई आन्तरिक पर्यटन, प्रवर्द्धनमा सहयोग पुर्‍याएको, वडा कार्यालयबाटै घटना दर्ता तथा सामाजिक सुरक्षाको प्रविष्टिकरणको व्यवस्था गरिएको उल्लेख छ ।

नगरपालिकाले नविनतम कार्यमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार कार्यक्रम, कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण नगरापलिकाको सहकार्यमा मनोहरा नदी व्यवस्थापन सम्बन्धी संयुक्त कार्य अगाडि बढाईएको जनाएको छ ।

नगरपालिको आम्दानी खर्च लगायत आर्थिक बषै २०७५/०७६ वार्षिक समिक्षाको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्