बूढानीलकण्ठ नगरपालिकाको आन्तरिक आम्दानी ३५ करोड : विकास बजेट ५ अर्ब ४९ करोड



०२ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले आफ्नो २ बर्षे कार्यकालमा गरेका मुख्य उपलब्धीहरुको संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।

सार्वजनिक प्रतिवेदनमा कानून र कार्यालयको संरचना तयार, भौतिक पूर्वाधार तर्फ ३ अर्ब ८४ करोड ९८ लाख, खानेपानी तर्फ १ अर्ब ७७ करोड ५० लाख, शिक्षा पूर्वाधार तथा गुणस्तर विकासमा २० करोड, स्वास्थ्य सेवा तर्फ २ करोड ७० लाखको परियोजना संचालनमा रहेको र पूरा भएको प्रगति प्रतिशत समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार आर्थिक बर्ष ०७४/७५ र ०७५/७६ गरी आन्तरिक राजश्व तर्फ ३५ करोड ९२ लाख संकलन भएको छ भने विकास बजेटमा स्थानीय, प्रदेश र संघीय सरकारबाट ५ अर्ब ४९ करोड १८ लाखको परियोजना संचालनमा रहेको विवरण समेटिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक गरेको संक्षिप्त प्रगति प्रतिवेदन–२०७६ को पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्