संविधान दिवसमा २ सय ८२ कैदीलाई माफी दिइने



०२ असोज २०७६, काठमाडौं

सरकारले संविधान दिवसको अवसरमा २ सय ८२ जना कैदीबन्दीलाई माफी दिने भएको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २७६ अनुसार भीमबहादुर शेर्पासमेतलगायतका २ सय ८२ जनाको कैदीबन्दीलाई माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए।

यस्तै सरकारले नेपाली सेनाका सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढोलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्