स्तनपान गराउने तरिका



०१ असोज २०७६, काठमाडौं

जति लामो समयसम्म लामो समय वा तरिका पुर्याएर आफ्नो नानीलाई स्तनपान गराईन्छ।

आमा र नानीको स्वास्थ्य त्यत्ति नै लाभदायिक हुन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, नानीहरूलाई विशेष रूपमा पहिला ६ महीनासम्म स्तनपान गराउनु पर्दछ र त्यसपछि उनीहरू दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस् आहारका साथ स्तनपान गराईरहनु पर्दछ।

त्यसैले, नानीलाई स्तनपान गराउने यी उपायहरु जान्नुहोस्ः

–सबैभन्दा पहिला यो कुरा जान्नुस् कि, शिशुको मुखभित्र दुधको निप्पल तथा कालो भाग छिरेको हुनैपर्छ।

–शिशु आनन्दले बसेको हुनुपर्छ।

–दिउँसो कम्तिमा पनि २/२ घण्टाको फरकमा खुवाउनुहोस्।

–नानीले खान खोजेको समयमा १ घण्टामा पनि खुवाउनुहोस्।

–राती ३/४ घण्टाको फरकमा नभुलि खुवाउनुहोस्।

–दूध पिएको आवाज आउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्