बूढानीलकण्ठ नगरपालिकाको ‘प्रगति प्रतिवेदन’ र ‘बार्षिक नगर विकास योजना’ सार्वजनिक



०१ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले आफ्नो कार्यकाल दुई बर्ष चार महिनामा गरेका कामहरुको संक्षिप्त प्रतिवेदन र आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नगर विकास योजना  पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख खरेलले आफ्नो कार्यकालमा स्थानीय प्रदेश र संघीय सरकारबाट संचालित कुल परियोजना बजेट पाँच अर्ब ४९ करोड १८ लाखको परियोजना चालू भएको जानकारी दिए । जसमा, आन्तरिक राजस्व संकलन पैतिस करोड ९२ लाख रहेको छ ।

यसैगरी आर्थिक बर्ष ०७६/७७ को नगर सभाबाट पारित नीति, कार्यक्रम, योजना तथा बजेट समेटिएको बार्षिक नगर विकास योजना समेत सार्वजनिक गरेका थिए । जसमा १ अर्ब २१ करोड २१ लाख ४० हजारको अनुमानित आम्दानी र कर्मचारी, विकास निर्माण लागि गरिने ब्यय समेत प्रस्तुत गरेका छन् ।

कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नगरप्रमुख खरेल र प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले दिएका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु, नगरकार्यपालिका सदस्य, नगर सल्लाहकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्