यसकारण सल्किन्छन् विवाहित पुरुष पराई स्त्रीसँग



०१ असोज २०७६, काठमाडौं

विवाहपछि चाहे पुरुष होस् या महिला। तेस्रो व्यक्तिसँग सम्बन्ध गाँस्न पुगेका खबरहरु हाम्रो नेपाली समाजमा निकै नै आइरहेका हुन्छन्।

विवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्नु कदापि राम्रो भने मानिदैन।

अधिकांश मानिस यो सबै कुरा थाहा पाएर पनि किन आफ्नो वैवाहिक सम्बन्धलाई धरापमा पुर्याउँछन् त?

पुरुषहरुले परस्त्रीसँग सम्बन्ध राख्नुका कारणहरु जान्नुहोस्ः

रोमान्सः

अधिकांश बिवाहित पुरुषहरुले पराई स्त्रीसँग सम्बन्ध राख्नका कारण रोमान्सको लागि हो।

वैवाहिक जीवनमा पुरुषहरु चाँडै नै कुनै न कुनै चिजबाट बोर हुन थाल्छन्।

जसले गर्दा दाम्पत्य सम्बन्ध बाहेक जिन्दगीमा नयाँ रोमाञ्चकताको लागि परस्त्रीसँग सम्बन्ध गाँस्न पुग्ने अधययनले खुलाएको छ।

तर यो बिर्सिन्छन् कि, यसबाट उनीहरुको जीवनमा ठूलो आँधीबेहरी आउनेछ।

बोरिङ सम्बन्ध

विवाहपछि घर–परिवार र बच्चाहरुको जिम्मेवारीका बीच दम्पतीहरू एक–अर्कासँग प्रशस्त समय बिताउँन पाउँदैनन्।

जसकारण उनीहरुको सम्बन्धमा खल्लोपन र गह्रुङ्गोपना जस्ता समस्या उत्पन्न हुन थाल्छन्।

यस्तो अवस्थामा कैयौं पुरुषहरु परस्त्री प्रति आकर्षित हुन थाल्छन्।

साथीहरुलाई रवाफ देखाउन

कतिपयः विवाहित पुरुषहरु साथी–संगतीको उक्साहटमा पनि परस्त्रीसँग सम्बन्ध राख्न पुगी रहेका हुन्छन्।

पत्नीप्रति बफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउँने पनि गर्दछन्।

त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्