उपनिर्वाचनका लागि दल दर्ताको समय सकियो, २१ दलले दिए निवेदन



०१ असोज २०७६, काठमाडौं

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि २१ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

उपनिर्वाचनका लागि भदौ मसान्तसम्मको समयावधिभित्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), समाजवादी पार्टीसहित अन्य २१ दलले दर्ताका लागि निवेदन दिएका हुन्।

आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए।

विसं २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ।

तर, ०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन।

प्रतिक्रिया दिनुहोस्