
०१ असोज २०७६, काठमाडौं
राष्ट्रको लागि निःशुल्क प्राथमिक उपचार तालिम आगामी असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका निम्न १२ जिल्लामा हुन लागेको युएईमा कार्यरत व्यावसायी चितवनका ओमप्रसाद उप्रेतीले जानकारी गराएका छन् ।
मानव जीवनमा अति उपयोगी सिद्ध तालिम नेपालका सबै जिल्लाहरुमा निःशुल्क आयोजना गर्ने समेत उनले जनाएका छन् । हालसम्म तीन चरणमा नेपालका २६ जिल्लाहरुमा तालिम सम्पन्न भईसकेको छ ।
डिस्कभरी रोयल स्पोट्र्स एलएलसीका प्रवन्ध निर्देशक समेत रहेका अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले तालिममा भाग लिन इच्छुक सबैलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
आगामी असोज ५ गते आइतबार दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यालयमा तालिमको शुभारम्भ हुन लागेको अभियान सहयोगी दामोदर सिंहले बताएका छन् ।
दोश्रो दिन असोज ६ गते बैतडीमा सोही तालिम आयोजना हुने समेत उनले बताए । साथै अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम आयोजना गरिने जनाईएको छ ।
चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्ला, अभियानको पाचौ दिन असोज ९ गते, बिहिवार डोटीको पायक पर्ने सभाहलमा तालिम संचालन गरिने सम्पर्क ब्याक्ति कर्ण बोहोराले जानकारी दिएका छन् ।
यसैगरी, असोज १० गते, शुक्रबार अछामको एक केन्दमा तालिम संचालनको तयारी तीव्र पारिएको सम्पर्क ब्याक्ति भवानी जोशीले बताएका छन् ।
अभियानको सातौ दिन असोज ११ गते, शनिबार बाजुराको एक उपयुक्त स्थानमा तालिम संचालन गरिने सम्पर्क ब्याक्ति उमेश शाही, हिक्मत थापा र महेश कार्कीले जानकारी दिएका छन् ।
असोज १३ गते सोमबार कंचनपुर जिल्लामा सोही तालिमको आयोजना गरिनेसम्पर्क ब्याक्ति पदम बिस्ट र कर्ण चन्दले जानकारी गराए ।
असोज १४ गते, मंगलबार कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजनाको तयारी भएको सम्पर्क ब्यक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन् ।
असोज १५ गते बुधबार बर्दियामा तालिम आयोजना गरिनेछ भने असोज १६ गते बिहिवार बाँके जिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा निःशुल्क प्राथमिक उपचार तालिम आयोजना हुने तयारी तीव्र पारिएको सम्पर्क ब्यक्ति राहुल कौशलले जानकारी दिएका छन् ।
चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा आयोजना गर्ने तयारी गरिएको छ ।
लमही उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिने तालिममा सहभागी हुन १८ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई सम्पर्क ब्यक्ति शान्त गिरी र ताराप्रसाद खनालले अनुरोध गरेका छन् ।
समापन कार्यक्रमको दिन भव्य रुपले मनाउन दाङ–देउखुरी सेवा समाज युएईले समन्वय गरिरहेको दाङ–देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
निःशुल्क प्राथमिक उपचार तालिम अभियान–युएईले उक्त तालिममा १६ वटा रोगहरु वा विपत्तिमा के कसरी व्यक्तिलाई बचाएर अस्पतालसम्म पुर्याउने भन्ने बारेमा अत्याधुनिक तरिकाले व्यावहारिक तालिम दिइने आयोजकले जनाएको छ ।





