
३१ भदौ २०७६, काठमाडौं
चौथो संविधान दिवसको अवसरमा मदन भण्डारी रक्तसञ्चार कोषले बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ स्थित हात्तीगौंडामा रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ सचिव तथा भद्रकाली जागरण समाजका संरक्षक प्रदिप डंगोलले मानवीय जीवन रक्षाको लागि रक्तदान अति आवश्यक रहेको बताउँदै रक्तदानमा सहभागी हुन आव्हान गरेका छन् ।
रक्तदान कार्यक्रम असोज ३ गते शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म हुने आयोजकले जनाएको छ ।





