राष्ट्रपति सहभागी र्‍यालीमा विस्फोट, २४ को मृत्यु



३१ भदौ २०७६, काठमाडौं

अफगानिस्तानमा एक चुनावी र्‍याली नजिक भएको विष्फोटमा परी २४ जनाको ज्यान गएको छ।

र्‍यालीमा अफगानी राष्ट्रपति अशरफ घानी पनि सहभागी थिए। विष्फोटमा अरु ३० जना घाइते भएका बताइएको छ।

परवान प्रान्तको चारिकर शहरमा भएको चुनावी र्‍यालीमा विष्फोट भएको हो। विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रहेको अफगानिस्तानका समाचार पोर्टल टोलोनिउजले जनाएको छ।

मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन।

प्रतिक्रिया दिनुहोस्