सेती खोलाको पुल बाढीले डुबायो



३१ भदौ २०७६, काठमाडौं

सोमबार रातिदेखि लगातार परेको वर्षाले पुल डुबाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ४ र ८ जोड्ने सेती नदीमाथिको पुल बाढीमा डुबेको हो।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ। पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ।

 

तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्