नेतृत्वदायी भूमिका भएकोले यसवर्षको गणेशमान सिंह स्वर्ण पदक स्व.कोइरालालाई



३१ भदौ २०७६, काठमाडौं

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालालाई यसवर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक दिइने भएको छ।

स्व.कोइरालालाई संविधान दिवसको अवसर पारेर असोज ३ गते मरणोपरान्त पदक दिन लागिएको हो । दोस्रो जनआन्दोलनपछि यो पदक २०६२/२०६३ को वर्षेनी वितरण गरिँदै आइएको छ।

संविधानसभाबाट संविधान जारी गर्न स्व. कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले पदक दिने निर्णय गरेको अध्यक्ष भीमसेनदास प्रधानले बताएका छन्। संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पदक दिने कार्यक्रम छ।

यो पदकबाट पूर्वराष्ट्रपति रामवरण यादव, संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्