मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त(भिडियो)



३१ भदौ २०७६, काठमाडौं

भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ)को एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको छ।

‘अनम्यान्ड एरियल भेहिकल’ नामको उक्त विमान आज बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो।

कर्नाटकको चित्रदुर्ग जिल्लामा मंगलबार बिहान ६ बजे विमान दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विमानको च्यालकेरे एरोना टिकल टेस्ट रेन्जमा आउटडोर परीक्षण गरिएको थियो।

डिआरडिओले मानवरहित विमानको निर्माण गर्छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिआरडिओले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्