मोदीलाई ओलीको तीन भाषामा जन्मदिनको शुभकामना



३१ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनका अवसरमा मंगलबार बिहान प्रधानमन्त्री ओलीले तीन भाषामा ट्विट गर्दै शुभकामना व्यक्त दिएका हुन्।

प्रधानमन्त्री ओलीले हिन्दी, अंग्रेजी तथा गुजराती भाषामा शुभकामना दिएका छन्। ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, तपाइँलाई जन्मदिनको हार्दिक शुभकामना’, ट्विटमा मोदीलाई मेन्सन गर्दै उनले भनेका छन्, ‘म तपाइँको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु। मलाई पूरा विश्वास छ कि हामी मिलेर नेपाल–भारत दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने छौं।’

सन् १९५० सेप्टेम्बर १७ मा जन्मिएका मोदीको यो ६९ औं जन्मदिन हो।

 

प्रतिक्रिया दिनुहोस्