वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बैकक प्रस्थान



३० भदौ २०७६, काठमाडौं

विश्व फुटभली संघको निमन्त्रणा अनुरुप वल्र्ड च्याम्पिनसिपका लागि नेपाली टोली सोमबार बैकक तर्फ प्रस्थान गरेको छ ।

नेपाल सहित १६ राष्ट्रको सहभागी रहने प्रतियोगिता ४ दिन सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमलाई नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, टोखा नगरपालीका वडा नं ४ का वडा अध्यक्ष दिपक जोशी लगायतका व्यक्तिहरुले एक कार्यक्रमका आयोजना विच विदाई गरेका छन ।

नेपाली टिमको व्यवस्थापकमा हरी महर्जन , प्रशिक्षकमा निरञ्जन डंगोल तथा खेलाडीहरुमा क्रमसः बुद्ध महर्जन र कुमार लावत रहेका छन ।

नेपालमा फुटभली खेलको सम्भावनालाई मध्यनजर गर्दे आगामी कार्तीक मसान्त भित्र यसको नयाँ कार्यसमिति चयन गर्ने तयारी अनुरुप विभिन्न जिल्ला संघहरुका गठन भइरहेको समेत संघ अध्यक्ष जोशीले विदाई कार्यक्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्