इन्द्रजात्रा अवलोकन गरेका विदेशी पाहुनालाई कामपाद्वारा विदाई(२०तस्वीर)



३० भदौ २०७६, काठमाडौं

इन्द्रजात्राको अवलोकन गर्नका लागि नेपाल आएका भिन्न ५ देशका मेयरहरुलाई विदाई गरिएको छ।

आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम तथा रात्रिभोजसहित उनीहरुलाई विदाई गरिएको हो।

राजधानी काठमाडौंमा विशेष रुपमा मनाइने पर्व इन्द्रजात्राको अवलोकन गर्न बोलाइएको भिन्न ५ देशका मेयरहरु गत बिहीबार काठमाडौं आइपुगेका थिए।

तीन दिने नेपाल बसाइका क्रममा उनीहरुलाई इन्द्रजात्रासँगैं काठमाडौंभित्रका विभिन्न मठ–मन्दिर तथा विहार, भक्तपुर क्षेत्र, ललितपुर क्षेत्र तथा चन्द्रागिरीको समेत अवलोकन गराइएको थियो।

इन्द्राजात्राको अवलोकनका लागि दिल्ली साउथ सिटीका मेयर मोहम्मद सायिद खान, नर्थ दिल्लीका मेयर सरदार अवतार सिंह, चाइना सीपीपीसीका उपाध्यक्ष जिआङ छिनहाऊ, ल्हासाका मेयर गो गो र थिम्पु सिटीका मेयर किन्ले दोर्जी नेपाल आएका थिए।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विदेशी पाहुनाहरुलाई सिर्फ इन्द्रजात्राको अवलोकनका लागि मात्र नभएर नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत प्रवर्द्धन गर्न डाकिएको बताए।

त्यस्तै कार्यक्रममा प्रमुख आथित्यता ग्रहण गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पनि विदेशी पाहुनाहरुको यो आगमनले नेपाल भ्रमण वर्ष पूर्ण रुपमा सफल बनाउन सघाउने विचार व्यक्त गरे।

यस्तै उनीहरुलाई नेपालको सांस्कृति, परम्परा, नेपालको प्राकृतिक सम्पदा तथा पुरातात्वविक वस्तुकला समेटिएको ग्यालरी मायाको चिनोस्वरुप प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न नेपाली सांस्कृतिक नृत्यहरुसमेत प्रस्तुत भएका थिए।

प्रतिक्रिया दिनुहोस्