सार्वजनिक बसभित्रै बालिकामाथि यौन दुर्व्यवहार



३० भदौ २०७६, काठमाडौं

काठमाडौंको मनमैजुमा दुई जना बालिकामाथि सार्वजनिक बसभित्रै यौन दुर्व्यवहार भएको छ।

बा ४ ख ८२ नम्बरको बसमा रहेका दुई जना बालिकामाथि यौन दुर्व्यवहार भएको र उनीहरुको स्वास्थ्य परीक्षण भैरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्व्यवहार गर्ने बसका सहचालकलाई पक्राउ गरेको छ।

सहचालकलाई हिरासतमा राखेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्